Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

गाउँपालिकामा तालाबन्दी गर्ने चार जना पक्राउ

फोटा नेपाली रैवार

दैलेख :  दैलेखको ठाँटिकाँध गाउँपालिका ताला लगाउने चार जना पक्राउ परेका छन् । सोमबार राती गाउँपालिकामा तालावन्दी गर्नेमध्यका चार जनालाई प्रहरीले पक्राउ गरेको अध्यक्ष धीरबहादुर शाहीले जानकारी दिए ।

गाँउपालिकाले करार शिक्षक नियुक्तिमा प्रश्नपत्र आउटको अडियो प्रकरणको निष्पक्ष छानबिन गरिनुपर्ने, प्रश्नपत्र लिक गर्ने कर्मचारीहरूलाई तत्काल कडा कारवाही गर्नुपर्ने, कोभिड–१९ को खर्च भएको दुई करोडको खर्चको पारदर्शि हिसाव देखाउनु पर्ने भन्दै ठाँटीकाँध गाउँपालिका संयुक्त युवा ग्रुपले तालाबन्दी गरेको थियो ।

संयुक्त युवा ग्रुप भनेपनि उनीहरु विप्लवका कार्यकता हुन वा होइन् भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको र थप तथ्य खुल्ने अध्यक्ष शाहीको भनाई छ । संयुक्त युवा ग्रपले सार्वजनिक गरेको विज्ञप्तीमा गाउँपालिकालाई जनप्रतिनिधिहरूले नातागोता र आफन्तहरूको भर्ती केन्द्र बनाएको आरोप लगाईएको छ ।

मागहरूको समयमै सम्बोधन नगरिए जनताकोतर्फबाट थप कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित गाउँपालिका नै हुने चेतावनी विज्ञप्तीमा छ ।

अध्यक्ष शाहीले भने आफू दैलेख सदरमुकाम रहेकाले तालाबन्दीको कारण बारे बुझ्न नपाएको बताए । गाउँपालिकाले पारदर्शी काम गरिरहेकाले आफूमाथि लगाएको आरोप गलत भएको उनको टिप्पणि छ । गत वर्ष पालिकाका अध्यक्ष धिरबहादुर शाही भ्रष्ट भएको आरोप लगाउँदै विप्लव माओवादीका कार्यकर्ताले अपहरण समेत गरेका थिए ।

error: Content is protected !!