Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

शिक्षकमा कोरोना संङक्रमण देखिए पछि शिक्षण सिकाई प्रभावित

दैलेख  : शिक्षकमा कोरोना संङक्रमण पुष्टि भएपछि शिक्षण सिकाई प्रभावित हुने भएको छ । कोरोना भाइरस(कोभिड–१९) का कारण विद्यालय सञ्चालनमा कठिनाइ आएपछि शिक्षाको पाठ्यक्रम घटाएर पनि शैक्षिक सत्र खेर जान नदिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको पाठ्यक्रम विकास केन्द्रले तयारी गरिरहेको बेला जिल्लाका केही स्थानीय तहले शैक्षिक सत्र खेर जान नदिन टोलमा र विद्यालयमा बालबालिका बोलाएर शिक्षण सिकाई सुरु गरेको भए पनि शिक्षकहरूमा नै कोरोना संङक्रमण पुष्टि भएपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई दैलेखले ११ स्थानीय तहलाई परिपत्र गर्दै विद्यालयमा बालबालिका नबोलाउन पत्राचार गरेको छ ।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाईले परिपत्र गरेर विद्यालय असोज २२ गते मङ्सिर १ गते सम्म विद्यालयमा विद्यार्थी नबोलाउन परिपत्र गरेको हो । शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख तेज बहादुर थापाले गाउँपालिका तथा नगरपालिकामा रहेका विभिन्न विद्यालयका शिक्षकहरूलाई सम्बन्धित विद्यालयमा हाजिर गराएर शिक्षक लाई टोलमै पुगेर शिक्षण सिकाई सुरु गर्ने मन्त्रालयको परिपत्र गरे पनि गाउँपालिका तथा नगरपालिकाले निर्देशन गरे सँगै टोलमै पुगेर र बालबालिकालाई विद्यालयमा बोलाएर अध्यापन गराए पनि पछिल्लो समय शिक्षकहरूमा समेत कोरोना संङक्रमण पुष्टि भएपछि २२ गते देखी मङ्सिर १ गते सम्म विद्यालयमा बालबालिका नबोलाउन परिपत्र गरेको बताए ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका कोरोना फोकल पर्सन थीर प्रसाद रेग्मीका अनुसार गुराँस गाउँपालिकाका र डुगेश्वर गाउँपालिकाका ५ जना शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनले शिक्षकहरूमा कोरोना संङक्रमण देखिए सँगै अन्य शिक्षकको स्वाब परीक्षण गर्ने स्थानीय तहलाई खबर गरेको बताए।
नारायण नगरपालिका शिक्षा युवा खेलकुद शाखा प्रमुख हिमालय जङ्ग शाहले नगरपालिकाको शिक्षा समितिको बैठकले प्रत्येक टोलमा पुगेर बालबालिकालाई अध्यापन गराउन अभियान सञ्चालन गर्ने निर्णय गरे पनि शिक्षकमा कोरोना संङक्रमण पुष्टि भएपछि नगरपालिकामा रहेको विद्यालयमा कार्यरत सबै शिक्षकको स्वाव परीक्षण गरी शिक्षक सिकाई गर्ने तयारीमा आफूहरू रहेको बताए।