Loading... आजः सोमवार, भदौ ३१, २०८१
Trending

गोरु काट्नेलाई एक वर्ष कैद ४० हजार जरिवाना

दैलेख :  बारीमा बाँधेका गोरुका खुट्टा र नाक मुख काट्ने युवालाई जिल्ला अदालतले कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको एकल इजलासले गोरु काट्ने भैरवी गाउँपालिका–२ का राजेश विष्टलाई एक वर्ष ९ महिना कैद र ४० हजार क्षतिपूर्तिको फैसला गरेको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए   । मुलुकी अपराध संहिताको २८९ को उपदफा १,२ र ३ अनुसार अदालतले कैद फैसला गरेको कार्कीले बताए । उनका अनुसार  विष्टबाट ४० हजार क्षतिपूर्ति भराउन पनि अदालतले फैसला गरेको छ ।

गत भदौ २६ गते विष्टले भैरवी गाउँपालिका–२ रावतकोटका सोविन थापाका बारीमा बाँधेका गोरु काटेका थिए । एक गोरुको काटिएको दिनमै मरेको थियो भने अर्को घाइते अवस्थामा छ । प्रहरीले गोरु काटेको १२ घण्टामै विष्टलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको थियो ।