Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

एकीकरणको खाका बनाउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी


काठमाडौं :  नेपाल कम्युनिष्ट पार्टी नेकपा को साँगठनिक एकताको बाँकी कामको ठोस प्रस्ताव तयार गर्न अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णुप्रसाद पौडेललाई सचिवालय बैठकले जिम्मेवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज मंगलबार दिउँसो बसेको बैठकले प्रस्ताव तयार गर्न १० दिनको समय निर्धारण गरेको हो । ठोस प्रस्ताव आएपछि त्यसबारे थप छलफल गरेर सचिवालय बैठकले अनुमोदन गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यसैगरी रिक्त रहेका संवैधानिक निकायमा छिटो पदपूर्ति गर्न पनि बैठकले प्रधानमन्त्री ओलीलाई सुझाव दिएको छ । संवैधानिक परिषदको बैठक बसी संविधानको मर्म र भावना बमोजिम निर्णय लिन प्रधानमन्त्रीलाई सुझाव दिइएको प्रवक्ता श्रेष्ठले बताए । सरकारले विभिन्न संवैधानिक आयोगमा अझै पदपूर्ति गर्न सकेको छैन ।
संवैधानिक निकायको पदपूर्तिका लागि सचिवालयका सदस्यहरुले आफ्ना सुझावहरु राख्नुभएको नेकपा प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।