Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

देशभर थपिए ११ सय ७२ कोरोना संक्रमित

काठमाडौं :  पछिल्लो २४ घण्टामा देशभर एक हजार १ सय ७२ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्रा डा जागेश्‍वर गौतमले बताए अनुसार यति धेरै संक्रमित थपिएका हुन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या बढेर ६७ हजार ८ सय ४ पुगेको छ।

सरकारले २४ घण्टामा ९ हजार ४ सय ४९ पिसिआर परीक्षण गरेको छ। यही अवधिमा देशभरबाट १ हजार ८ सय ९३ संक्रमित कोरोनामुक्त भएका छन्। पछिल्ला १५ दिनयता लगभग एकै दरमा कोरोना संक्रमित बढिरहेका छन्।