Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

देशभर १ हजार ३ सय ५६ संक्रमित थपिए

काठमाडौँ  :  देशभर पछिल्लो २४ घण्टामा फेरि १ हजार ३ सय ५६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडियामा ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए अनुसार यही समयमा देशभरबाट ८ सय २३ संक्रमित कोरोनामुक्त भएका छन्।

पछिल्ला १५ दिनयता लगभग उस्तै दरमा संक्रमित थपिरहेका छन्। चार दिनअघि भने २४ घण्टाभित्रै २ हजार २० संक्रमित थपिएका थिए। मंगलबार देशभर क्वारेन्टाइनमा ७ हजार १ सय ७१ जना बसिरहेका छन्। आजको पिसिआर ११ हजार १ सय ५४ रहेको र आज संस्थागत आइसोलेसन ९ हजार १ सय ९३ छन्। आजसम्म ७२ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन्।