Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

ज्यान मद्दुामा फरार अभियक्तु पक्राउ

दैलेख :  कर्तव्य ज्यान मुद्धामा फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको डुगेश्वर गाउँपालिका वडा नः ६ बस्ने वर्ष २४ को चन्द्रप्रसाद जैसीलाई कर्तव्य गरी मारेको घटनामा अभियुक्त तेजेन्द्र थापा पुलामीलाई बीरेन्द्र नगर नगरपालिका तातापानी भन्ने स्थान बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी नैन बहादुर सावदले कर्णाली प्रदेश कार्यालय बाट खटिएको टोलीले पक्राउ गरी जिल्ला अदालत दैलेखमा हाजिर गराएको बताए । उनले पक्राउ गरी दैलेख जिल्ला अदालत बाट म्याद थप अनुसन्धान गरिरहेको बताए । सोही मुद्धामा फरार रहेका अर्का अभियुक्त थमान बहादुर थापालई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।