Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सुर्खेतका दुई जना पत्रकारलाई युवा पत्रकारिता पुरस्कार

सुर्खेत : सुर्खेतका दुई क्रियाशिल पत्रकार यस वर्षको युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । सुर्खेत स्थित रेडियो जागरण एफएमका स्टेशन म्यानेजर दिपेन्द्र वली र लोकान्तरकर्मी सेरबहादुर थापा यस वर्षको राष्टिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन् ।

दुबै जना सुर्खेतमा रहेर विगत लामो समयदेखि क्रियाशिल पत्रकारीता गर्दै आएका छन् । मंगलबार प्रेस काउन्सील नेपालको ५१ औं वार्षिक उत्सव तथा पुरस्कार वितरण समारोहको अवसरमा उनीहरुलाई पुरस्कारबाट सम्मान गरिएको छ । कार्यक्रमका अवसरमा सभामुख अग्निप्रसाद सापकोटाद्धारा युवा पत्रकारिता पुरस्कार वितरण गरिएको हो