Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

मंगलबार ५५ जनामा कोरोना सङक्रमण पुष्टि

..

दैलेख :  पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कर्णालीमा थप ५५ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै हाल कर्णालीमा कोरोना संक्रमितको संख्या तीन हजार दुइसय २८ पुगेको छ ।
प्रदेश अस्पताल÷ पशुपन्छी रोग अन्वेषश प्रयोगशाला सुर्खेतमा मंगलबार गरिएको परिक्षणमा ४२ जना, दैलेख अस्पताल दैलेखमा एकजना र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिम १२ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार यस्त मंगलबार कर्णालीमा कोरोना बाट डिस्चार्ज हुनेको संख्या भने २७ रहेको छ । हाल सम्मा डिस्चार्ज हुनेको संख्या २ हजार ७ सय १४ जना पुगेको मन्त्रालयले जनाएको छ । कर्णालीमा हालसम्म ७१ हजार ६ सय ५६ जनामा पीसीआर परीक्षण गरिएको छ । हाल सम्म ६ जनाको मृत्यु भइसकेको छ ।

error: Content is protected !!