Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कोरोना कहरमा कार्यकर्ता तान्ने होडबाजीमा राजनैतिक दल


दैलेख :  देशमा कुनै राजनैतिक उथ्थल पुथ्थल नभए निर्वाचन आउन अझै करिब १८ महिना बाँकी छ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली काँग्रेसले कोरोना भाइरस(कोभिड–१९)को महामारीका बिचमा कार्यकर्ता तान्ने र पार्टी प्रवेश गराउने होडबाजी नै चलेको छ । केही दिन अघि जिल्लाको भैरवी गाउँपालिकामा नेपाल कम्युनिस्ट पार्टी (नेकपाले)ले गाउँपालिका वडा नः ४ को वडा पार्टी कार्यालय स्थापना गर्ने क्रममा पार्टीका जिल्ला कमिटी सदस्य समेत रहेका कर्णाली प्रदेश सभा सांसद सुशील थापाले एक दर्जन कार्यकर्तालाई पार्टीमा प्रवेश गराउनुभयो । आफ्ना पार्टीका कार्यकर्तालाई नेकपामा प्रवेश गराएको भन्दै नेपाली काँग्रेस निकट युवाहरूले प्रदेश सांसद सुशील थापा माथि साङ्घातिक हलामाको प्रयास समेत गरे ।

त्यसको तीन दिन पछि नेपाली काँग्रेस भैरवी गाउँपालिकाको आयोजनामा अगुवा कार्यकर्ता भेलाको आयोजना ग¥यो । पार्टीका जिल्ला स्तरीय नेता समेत सहभागी भएर नेकपाका कार्यकर्ता र नेकपामा गएका कार्यकर्तालाई पुन आफ्ना घर फर्कायो । भदौ २९ गते नेकपाले भगवतीमाई गाउँपालिकाको बेस्तडामा अगुवा कार्यकर्ता भेलाको आयोजना ग¥यो। कर्णाली प्रदेश सांसदद्धय अम्मरबहादुर थापा, मिनासिंह रखाल लगायतका नेकपाका नेताहरू सहभागी अगुवा कार्यकर्ता भेलामा अरू पार्टीका केही कार्यकर्तालाई समेत स्वागत गरिएको थियो ।माथिका केही प्रतिनिधि मूलक परिदृश्य हुन ।

जिल्लाका ११ स्थानीय तहमा अहिले नेकपाका कार्यकर्ता र अन्य पार्टीका नेपाली काँग्रेसमा तान्ने र नेपाली काँग्रेसका कार्यकर्ता र अन्य पार्टीका कार्यकर्ता नेकपामा प्रवेश गराउने होडबाजी चलेपछि चुनावी झझल्को समेत दिने गरेको छ । कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले समेत कोरोनाको रेड जोनमा रहेको दैलेखमा पछिल्लो समय कोरोना संङक्रमण दर घट्दै गए पनि स्थानीय नागरिकहरूमा कोरोनाको त्रास कायमै रहेको बेला राजनैतिक दलहरूले अगुवा कार्यकर्ता भेटघाट, छलफल, बैठक, पार्टी प्रवेश लगायतका राजनैतिक कार्यक्रम जारी राखेकाका कारण जोखिमको खतरा बढ्दै गएको नागरिक समाजका अगुवाले बताएका छन् ।

नागरिक समाजका अगुवा यामराज थापाले गाउँ गाउँमा राजनैतिक दलहरूको भेला र जमघटले गर्दा कोरोनाको संङक्रमण बढ्न सक्ने बताए । सामाजिक सञ्जालमा भेला गरिएको र पार्टी प्रवेशको तस्बिरहरू हेर्दा सामान्य सुरक्षा समेत नअपनाएको कारण त्यस्ता भेला,छलफल कार्यक्रममा रोक लगाउनु पर्ने उनको भनाई छ ।कोरोना संङक्रमण नदिनका लागि बन्दाबन्दी गर्ने प्रशासन भने जिल्लाका राजैनितक दलले भेला,पाटी प्रवेश गरी भिडभाड गर्दा समेत प्रशासन बेखवर बनेको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले विभिन्न स्थानमा राजनैतिक दल र स्थानीय सरकारका जनप्रतिनिधि नै भेला गर्ने गरेको गुनासो आएपछि आफूले राजनैतिक दललाई त्यस्ता खालका कार्यक्रम बन्द गर्न लगाउने बताए । उनले तत्काल बैठक राखेर त्यस्तो कार्यक्रम गर्ने जो सुकैलाई भए पनि संङक्रमण ऐन अनुसार कारबाही गरिने जानकारी दिए ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका अनुसार बिहीबारसम्म दैलेखमा एक हजार ९५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ती मध्ये एक हजार ७४ जना डिस्चार्ज भइसकेका छन्। हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २० जना छ भने एक जनालाई सुर्खेत रिफर गरिएको छ ।