Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

कुल संक्रमितको संख्या ३१ सय ७३ पुग्यो

...

दैलेख :  पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कर्णालीमा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै हाल कर्णालीमा कोरोना संक्रमितको संख्या तीनहजार एकसय ७३ पुगेको छ ।

प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषश प्रयोगशाला सुर्खेतमा सोमबार गरिएको परिक्षणमा सुर्खेत जिल्लामा २१ जना सहित २९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषश प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षण्मा सुर्खेतका २१ जना, दैलेखका तीन जना, सल्यान, कन्चनपुर, जुम्ला, बैतडी प्युठान जिल्लामा एक÷एक जना रहेका छन ।

यस्तै चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुमपश्चिम मा गरिएको परिक्षणमा भारतका एकजना र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

error: Content is protected !!