सुरक्षित बासको आँसमा गैरागाउँ वासी
दैलेख :
गैरा गाउँमा पहिरो आयो,घरखेत पनि लैगो ।
छोरोको परान गैगो,गाउँ बिचल्ली भैगो ।।
एक सय भन्दा बढि घरहरु रहेको बस्ती रहेको ठाँटिकाँध गाउँपालिका वडा नः ४ का दान बहादुर कठायतले राहत लिएर जाने जो कोहीलाई यस गितका शब्द बाट आफ्ना पीडा पोख्छन । पहिरोमा छोरा गुमाएका कठायत भन्छन बाँच्न त बाँचियो, तर न बस्ने बास रह्यो, न त खेतबारी, गाउँनै रहेन, अब कहाँ जाने के गर्ने । उहाँ मात्र होईन पहिरोले बस्ने घर छोडेर त्रिपालमुनी बसेका मन बहादुर नेपाली भन्छन सहयोगी निकायहरुले पाल, केही भाँडाकुडा त दिनुभएको छ, त्यतिले मात्रै कसरी जीवन धानौला । उनले भने यो त्रिपाल मुनीको बास कहिले सम्म बस्ने हो सुरक्षित बासको व्यवस्था सरकारले गरिदिएको भए भोको पेट भएपनि सुरक्षित बस्ने थियौ ।
पहिरोले नराम्ररी थला परेको यो गाउँलाई अहिले शोकसँगै भोकले गाँज्न थालेको छ । गाउँ वरपर सग्लो जमिन छैनन् । सबैतिर पहिरोले क्षतविक्षत छ । ठाटीकाँध गाउँपालिका–४ गैरागाउँका दानबहादुर कठायत पहिरोले बगाएको आफ्नै गाउँ हेरेर बेलाबेला आँसु खसाल्छन् ।
उनीजस्तै पहिरोले घरबारी गुमाएका स्थानीय मामसरा विक भन्नुहुन्छ अहिलेसम्म कमाएको सबै सम्पती पहिरोले लग्यो । सरकारी तथा गैरसरकारी निकायबाट पाएको सहयोग पर्याप्त नभएको बताए । उनले खेती गरेको बारीमा पहिरो पसेको छ, मकै उत्पादन बढ्ला भन्ने लागेको थियो, मकैबाली समेत राम्रो संग स्यार्हान नपाउँदै बगरमा परिणत भएपछि बालबालिका लाई के खुवाउने भन्ने चिन्ताले सताएको बताए ।
वडा नः ४ का वडाध्यक्ष रमेशबहादुर सिजापतीले भदौ २ गते परेको अबिरल वर्षातका कारण गएको पहिरोमा परेर दुई बालक जनक कठायत र लोकेश कठायतको मृत्यु भएको र पहिरोमै परी ७ जना घाइते भएको बताए । उनले घाइते मध्ये दुईजना उपचारकै क्रममा छन् । पहिरोले ७ घर पूर्ण रुपमा ध्वस्त भएकोे ९० घरका नागरिक विस्थापित भएको र ८१ घर पहिरोको उच्च जोखिममा परेको बताए । उनले भने राहत सामाग्री विभिन्न निकाय बाट प्राप्त भएको छ अव उहाँहरुलाई सुरक्षित बासका लागि घर कसरी निर्माण गर्ने र बस्ती सार्ने भन्ने समस्या परेको छ प्रदेश सरकार र संघिय सरकारले एकिकृत बस्ती बसाल्न पहल गर्नुपर्छ ।
ठाटिकाँध गाउँपालिकाका अध्यक्ष धीर बहादुर शाहीले प्रदेश सरकारले घर भत्केका परिवारलाई एक लिा दिने नीति अनुसार त्यहा बाट आएको रकम र गाउँपालिकामा बाट केही रकम थपेर घर निर्माण गरी उनीहरुलाई हस्तान्तरण गर्ने तयारीमा आफुहरु लागेको बताए ।