Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

नौमुलेमा ट्याक्टर दुर्घटना एकको मृत्यु


दैलेख :  ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुल्लू नगरपालिका वडा नः ९ धामीगाउँका वर्ष २५ को कविराम पुरीको रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरक्षक सुचना अधिकारी नैन बहादुर सावदले नौमुले गाउँपालिका वडा नः १ तोलीको मालुभिर भन्ने स्थान बाट ट्याक्टर सडक भन्दा दुई सय मिटर तल खसेको बतताए । उनले सहचालक नौमुले गाउँपालिका वडा नः ४ कालिकाका ३० वर्षिय नन्दबहादुर बस्नेत सामान्य घाइते भएको बताए ।