Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

जिल्ला कारागार दैलेखबाट चार कैदी बन्दीले पाए सफाइ


दैलेख  : संविधान दिवसको अवसरमा जिल्ला कारागार दैलेखमा रहेका चार जना कैदीबन्दिले सफाइ पाएका छन् । जिल्ला कारागारका अनुसार कर्तव्य ज्यान मुद्दामा कैद भुत्तान गरेका कट्कबहादुर शाही,पवित्रा भण्डारी नारायण कुमार शाही अगलागी मुद्दामा कैद भुत्तान गरिरहेका दीपेन्द्र शाहीले सफाइ पाएको जनाएको छ ।

जिल्ला कारागार दैलेखका जेलर जीत बहादुर खत्रीले कर्तव्य ज्यान मुद्दामा ५० प्रतिशत गरेका सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिकाका कटक बहादुर शाही,दुल्लु नगरपालिका वडा नः ४ की पवित्रा भण्डारी,आठबिस नगरपालिका वडा नः १ सात्तलाका नारायण कुमार शाही र दुल्लु नगरपालिका वडा नः १० का दीपेन्द्र शाहीले सफाइ पाएको बताए ।

उनले अदालतले कटक बहादुर शाहीलाई पाँच वर्ष,पवित्रा भण्डारीलाई १० वर्ष,दीपेन्द्र शाहीलाई दुई वर्ष,नारायण बहादुर शाहीलाई १० वषै कैद सजायको फैसला गरेको बताए ।