Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

कर्णालीमा थप २९ कोरोना संक्रमित थपिए


दैलेख : पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा कर्णालीमा २९ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै हाल कर्णालीमा कोरोना संक्रमितको संख्या तीनहजार एकसय ३६ पुगेको छ ।प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषश प्रयोगशाला सुर्खेतमा आइतबार गरिएको परिक्षणमा सुर्खेत जिल्लामा सात जना सहित २९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषश प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षण्मा सुर्खेतका सात जना, दैलेखका तीन जना, बर्दियाका आँठजना सल्यानका, दाङ्ग, सुनसरी, कपिलबस्तु, लमजुङ, ओखलढुंगा, बैतडी र बाँकेका एक्एक जना रहेका छन् ।

यस्तै कर्णालीमा कोरोना बाट डिस्चार्ज हुनेको संख्या भन्ने २७ रहेको छ । हाल सम्मा डिस्चार्ज हुनेको संख्या २ हजार ६ सय ७८ जना पुगेको मन्त्रालयले जनाएको छ ।कोभडि १९ का संक्रयि वरिामीको संख्या ४ सय ५२ पुगेको छ । कर्णालीमा हालसम्म ७० हजार नौँसय २३ जनामा पीसीआर परीक्षण गरएिको छ ।

error: Content is protected !!