नेकपा संचिवालय बैठकमा मन्त्रिपरिषद पुनर्गठन चर्चा
काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिएको छ । पेरिसडाँडामा करिब साढे तीन घण्टा बसेको बैठकले सरकारको काम कारवाहीलाई थप प्रभावकारी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठनको विषयमा छलफल गरेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अहिले सरकारले गरिरहेको काममा थप प्रभावकारी बनाउने गरी मन्त्रिपरिषद पुनर्गठनको कुरा भएको बताए । उनले त्यसवारे कार्यसूचीले विषय प्रवेश पाए पनि अर्को बैठकमा त्यसबारे थप छलफल हुने उनले बताए ।
उनका अनुसार आजको बैठकमा चारवटा कार्यसूची तय गरिएको उनले बताए । पहिलो– कार्यसूचीमा मन्त्रिपरिषदको पुनर्गठन, दोस्रो संवैधानिक–राजनीतिक नियुक्तिको विषय ,तेस्रो–कार्यसूचीमा संगठनिक एकीकरणका बाँकी काम पूरा गर्ने विषय र चौथो– विविध कार्यसूची तय गरिएको उनले बताए।
स्थायी कमिटी र केन्द्रीय कमिटीमा रिक्त रहेको स्थानमा पदपूर्ति गर्ने, यसअघि भएको केही कारवाहीका निर्णय बारेमा समेत छलफल भएको बताए । केन्द्रीय कमिटीका सदस्यहरुलाई नियमितरुपमा आर्थिक सहयोग गर्ने या के गर्ने विषयमा समेत छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । संघीय संसदका सदस्यहरुलाई कोभिड १९ को विषयमा बैठक भत्ता के गर्ने बारेमा पनि छलफलको विषय रहेको उनले जानकारी दिए ।