Loading... आजः मङ्लबार, बैशाख ४, २०८१
Trending

नेपाल भर ११ सय ५४ संक्रमित थप एक हजार पाँच जना डिस्चार्ज


काठमाडौँ :  नेपालमा थप १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता जागेश्वर गौतमले बताएअनुसार यही समयमा १ हजार ५ संक्रमित कोरोना मुक्त समेत भएका छन्। यसैगरी संस्थागत आइसोलेसनमा ८ हजार ९ सय २१ जना भएका उनले बताए।

आजको पिसिआर ९ हजार ५ सय ३३ रहेको र देशभर ७ हजार ४ सय ३ जना क्‍वारेन्टाइनमा बसिरहेका छन्। आजसम्म देशभर ७२ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका गौतमले जानकारी दिएका छन्।