Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सेवा दिन प्रशासले तोक्यो एक वार एक स्थानीय तह

दैलेख :  कोरोना महामारीको समयमा कार्यालयमा सेवा लिन आउँने सेवाग्राहीको भिड बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले एक वार एक स्थानीय तहलाई सेवा दिन तयारी थालेको छ । जिल्ला प्रशासन कार्यालयले दैलेख र इलका प्रशासन कार्यालय दुल्लुले सेवाग्राहीको चापलाई कम गर्न सुचना नै जारी गरेर एक वार एक स्थानीय तहलाई सेवा दिन लागेको प्रशासनले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले कोरोना संङक्रमणको जोखिम बाट आफु मात्र होईन सबै सेवाग्राहीलाई बचाउनका लागि प्रशासनले यो अभियान संचालन गरेको बताए । उनले जिल्ला प्रशासन कार्यालय बाट आइतवार नारायण नगरपालिका,सोमवार महावु गाउँपालिका,मंगलवार नौमुले गाउँपालिका,बुधवार डुगेश्वर गाउँपालिका,बिहिवार गुराँस गाउँपालिका,शुक्रवार भगवतिमाई गाउँपालिकाका सेवाग्राही सेवा दिन लागेको बताए ।

इलाका प्रशासन कार्यालय दुल्लुले कार्यालयको कामकाजका तथा सेवा प्रवाह सम्बन्धी सुचना जारी गर्दै आठबिस नगरपालिका र ठाटिकाँध गाउँपालिकाका सेवाग्राहीलाई आइतवार र सोमवार ,चामुण्डाबिन्द्रासैनी नगरपालिका र भैरवी गाउँपालिकाका सेवाग्राहीलाई मंगलवार र बुधवार ,बिहवार र शुक्रवार दुल्लु नगरपालिकाका सेवाग्राहीलाई सेवा दिन लागेको इलाका प्रशासन कार्यालयले जानकारी दिएको छ ।

प्रमुख जिल्ला अधिकारी सुनारले कोरोना महामारीको जोखिम न्युनीकरण गर्न जिल्लाका हरेक स्थानीय तह र कार्यालयमा यो नियम लागु गर्नु पर्ने बताउनुभयो । उनले भने गृहमन्त्रालयले जारी गरेको निर्देशन अनुसार एसएमएस अभियानलाई प्रथामिकता दिने सेवा लिन आएका सेवाग्राहीलाई कोरोना संङक्रमण बाट बच्न यो अभियान प्रभावकारी हुन्छ ।