Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

पिसीआर परीक्षण पछि शिक्षण सिकाई

दैलेख :  गाउँपालिकामा रहेको विद्यालयका शिक्षकको पिसिआर परीक्षण पश्चात शिक्षण सिकाई सुरु गर्न लागिएको छ । जिल्लाको भगवतिमाई गाउँपालिकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको सिकाई सहजीकरण निर्देशिका २०७७ बमोजीम विद्यालयले आफ्नो परिवेश अनुसार स्वास्थ्यका मापदण्ड अपनाएर र शिक्षक शिक्षिकाको पिसिआर परीक्षण गरी शिक्षण सिकाई क्रियाकलाप असोज चार गते बाट संचालन गर्न लागेको हो ।

गाउँपालिका स्तरीय गाउँ शिक्षा समितिको बैठकले गाउँपालिकाका सम्पुर्ण विद्यालयहरुमा आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने र गाउँपालिकामा कार्यरत सम्पुर्ण विद्यालयका शिक्षकहरुको आफै पिसीआर परीक्षण गर्ने र रिर्पोट नेगेटीभ आएपछि कामकाजमा लगाउने र प्रत्यके हप्ता विद्यार्थीको स्वास्थ्य जाँच गराएर विद्यालय संचालन गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाका अध्ययक्ष दान बहादुर थापाले सरकारले निर्धारण गरेका सबै मापदण्ड पुरा गरेर विद्यालय संचाल गर्न तयारी गरेको बताए ।उनले असोज चार गते बाट विद्यालय संचालन गर्नका लागि शिक्षकको अनिवार्य पिसिआर परीक्षण गर्ने र विद्यालयमा सरसफाईका सामाग्री उपलब्ध गराउने तयारी गरेको बताए ।

भगवतिमाई गाउँपालिका शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख मान बहादुर बिश्वर्कमाले प्रत्येक विद्यालयलाई परिपत्र पठाएको बताए । उनले शैक्षिक सत्र खेर जान नदिनका लागि विद्यालयका शिक्षक शिक्षिकाको पिसिआर परीक्षण गर्ने र रिर्पोट नेगेटिभ आए संगै शिक्षण सिकाई सुरु गर्ने बताए ।