Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

 राष्ट्रिय बाणिज्य बैंकको विस्तारित शाखा सञ्चालन

सुर्खेत  : वीरेन्द्रनगर नगरपालिकामा राष्ट्रिय बाणिज्य बैंकको विस्तारित शाखा सञ्चालनमा ल्याइएको छ । नगरपालिकाको राजश्व संकलन गर्नमा सहज होस भन्ने उदेश्यले आजदेखि नगरपालिका परिसरमा बैंकको विस्तारित शाखा सञ्चालनमा ल्याइएको हो ।

नगरपालिकामा स्थापना गरिएको शाखाले १४ वटै वडाको राजश्व संकलन गर्ने राष्ट्रिय बाणिज्य बैंक शाखा सुर्खेतका प्रमुख लिलाराम ढुंगानाले जानकारी दिए । उनले विस्तारित शाखाको चेक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाललाई हस्तान्तरण गरिएको जनाए ।

बैंकको सहकार्यमा वित्तिय पारदर्शिता र सेवाग्राहीलाई सहजताको लागि विस्तारित शाखा आजदेखि सञ्चालनमा ल्याइएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

यसअघि नगरपालिकाको बैंकको राजश्व बुझाउन राष्ट्रिय बाणिज्य बैंकमा गएर जम्मा गर्नुपर्ने र पुनः नगरपालिका आउनु बाध्यता अन्त्य भएको नगरपालिकाले जनाएको छ । सेवाग्राहीमुखी बनाउन शाखालाई सुधार गर्दै लैजाने पनि प्रमुख प्रशासकीय ढकालको भनाई छ ।