Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

राष्ट्रिय बाल दिवसमा बालबालिकालाई स्वास्थ्य र शैक्षिक सामाग्री


दैलेख :  राष्ट्रिय बाल दिवसको अबसरमा बालबालिकाहरुलाई स्वास्थ्य र शैक्षिक सामाग्री वितरण गरिएको छ । विपदमा बाल अधिकारको सुनिश्चितता हामी सबैको प्रतिबद्धता भन्ने मुल नाराका तामाखानी आधारभुत विद्यालय नारायण नगरपालिका वडा नः ३ र दैलेख जेसिस २०२० को सयुक्त आयोजनामा मनाइएको दिवसमा स्वास्थ्य सामाग्री र शैक्षिक समाग्री वितरण गरिएको हो ।

विद्यालयका प्रधानध्यापक डिलमाया सापकोटाले राष्ट्रिय बाल दिवसमा बालबालिकालाई कोरोना महामारी बाट बच्न अपनाउनु पर्ने सजकता र त्यसको लागि स्वास्थ्य सामाग्री र शैक्षिक सामाग्री समेत वितरण गरेको बताईन । उनले नगरपालिकाका धेरै आधारभुत विद्यालय मध्ये तामाखानी आधारभुत विद्यालय छनोट गरेर बालबालिकालाई सामाग्री दिएको भन्दै दैलेख जेसिस लाई २०२० लाई धन्यबाद दिएकी छिन ।

दैलेख जेसिस २०२० का अध्यक्ष प्रकाश पौड्यालले कोरोना महामारीका कारण विद्यालय जान नपाएर घरमै बस्नु पर्ने अवस्था कारण बालबालिकाहरुलाई हौसला प्रदान गर्ने र सरकारले निर्धारण गरेको मापदण्ड र एसएमएस अभियानलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न जनचेतना जगाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । उनले दैलेख जेसिस २०२० ले शिक्षा,स्वास्थ्य खानेपानी पर्बुधार निर्माण र पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि विभिन्न स्थानमा होडिङ बोर्ड राख्ने काम गरेको बताए ।


नारायण नगरपालिका वडा नः ३ का वडा अध्यक्ष चन्द्रप्रसाद उपाध्यायले राज्यले निर्माण गरेको बालबालिका सम्बन्धि निति र नियमलाई पुर्ण रुपमा कार्यान्वयन गर्दै बालबालिकाको अधिकार सुनिश्चितता गर्न सबै सरोकारवाला लाग्नु पर्ने बताए । उनले नगरपालिकाले विद्यार्थी नभएको भन्दै विद्यालय गाभ्ने तयारी गरको बेला यो आर्थिक वर्षमा ४५ जना भन्दा बढि बालबालिका विद्यालयमा भर्ना भएको भन्दै विद्यालयका प्रधानध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई धन्यबाद दिएका छन ।
उक्र कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिकादेवी जैसी नारायण नगरपालिका कार्यपालिका सदस्य विष्णुदेबी पाण्डे,जेसिस २०२० का कोषध्यक्ष टोपेन्द्र बहादुर थापा,उपाध्यक्ष दुर्गा प्रसाद न्यौपाने, वडा सचिव विष्णु प्रसाद उपाध्यायको उपस्थिती रहेको थियो ।