Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

स्वास्थ्य सामाग्री लिएर जिल्ला फर्किइन सांसद बिशुन्के

दैलेख :  कोराना महामारीको इपिसेन्टर बनेपछि काठमाडौँ बाट दैलेख र कर्णालीका जनताका लागि स्वास्थ्य सामाग्री पठाउन व्यस्त प्रतिनिधि सभा सांसद पार्वती बिशुन्के पुन स्वास्थ्य सामाग्री लिएर जिल्ला आएकी छिन । सरकारले गरेको बन्दाबन्दी यता ७ महिना लामो काठमाण्डौं बसाईपछि जिल्ला फर्किएपछि जिल्लाका पत्रकारहरुसंग मंगलवार छलफल कार्यक्रममा उनले आफुले निर्वाचन क्षेत्र नः १ का ६   वटा स्थानीय तह र सुरक्षा निकाय र पत्रकारहरुका लागि स्वास्थ्य सामाग्री सहित आएको बताइन ।

प्रतिनिधिसभाको बैठक चलेको बेला संसदमा जिल्लाका समस्या राख्ने, लकडाउनको कारण काठमाण्डौंमा अप्ठ्यारोमा परेका दैलेखी नागरिकहरुलाई राहत सहयोग जुटाउनेदेखि जिल्ला फर्किन चाहेकाहरुलाई जिल्ला पठाउने यातायात प्रवन्धसम्म व्यवस्थापनमा आफूले आपतकालिन सहयोग गर्न पाएकोमा जिल्ला नआएर पनि काठमाण्डैंबाटै जिल्लावासीहरुका लागि सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी लागेको साँसद बिशुन्केले बताइन् । पत्रकारहरुसंगको छलफलमा सहभागी पत्रकारहरुलाई कोरोना संक्रमण रोकथामका स्वास्थ्य सामग्री वितरण गरेकी थिइन् ।

साँसद विशुन्केले कोरोना रोकथामका लागि सहयोग पु¥याउन हालसालै कोरोना प्रभावित सदरमुकामको भगवतीटोल आसपासको बस्तीलाई स्यानीटाइजर र मास्क बाँड्दै मंगलवार घरदैलो भेटघाट गरेकी थिइन् । उनले कारागारका बन्दीलाई मास्क, त्यहाँ कार्यरत सुरक्षाकर्मी र कर्मचारीका लागि मास्क, केही थान पीपीई सेट र ज्वरो नाप्ने थर्मलगन, नारायण नगरपालिकाका लागि मास्क, केही थान पीपीई सेट र ज्वरो नाप्ने थर्मलगन र जिल्ला प्रहरी कार्यालयका सुरक्षाकर्मीका लागि ३ सेट पीपीई सेट प्रदान गरेकी छिन् । साँसद बिशुन्केले ती निकायका अलवा निर्वाचन क्षेत्र नं. १ का ६ वटा स्थानीय तहहरु र स्वास्थ्य सेवा कार्यालय दैलेखका लागि पनि मास्क, केही थान पीपीई सेट र ज्वरो नाप्ने थर्मलगन प्रदान गर्ने कार्यक्रम रहेको बताइएकी छिन् ।