Loading... आजः सोमवार, जेष्ठ ७, २०८१
Trending

नेपालमा कोरोना संङक्रमितको संख्या ५८ हजार ३२७ पुग्यो

काठमाडौँ :  पछिल्लो २४ घण्टामा देशका विभिन्‍न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप १५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले .थपीएको संख्या सहित नेपालमा कोरोना संङक्रमितको संख्या ५८ हजार ३२७ पुगेको बताए । उनले देशभरमा १५ हजार ३९३ सक्रिय संक्रमित छन्। यस्तै, पछिल्लो २४ घण्टामा थप एक हजार ६८ जना कोरोना संक्रमण मुक्त भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ६३८ पुगेको छ।