Loading... आजः बुधबार, कार्तिक १०, २०७८
Trending

करेन्ट लागेर एक मृत्यु एक घाईते


दैलेख :  केरेन्ट लागेर एक युवकको मृत्यु भएको छ । भैरवी गाउँपालिका वडा नः २ का २४ वर्षिय पुस्कर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका सुचना अधिकारी प्रहरी निरक्षक नैन बहादुर सावदले विद्युतको पोल गाड्ने क्रममा पोलले विद्युतको तार छोए पछि करेन्ट लागेर मृत्यु भएको बताए ।

उनले सोही वडाका २६ वर्षिय भुपेन्द्र बहादुर थापा घाइते भएको जानकारी दिए । घाइते २६ वर्षिय भुपेन्द्रबहादुर थापाको दुल्लु अस्पताल दैलेखमा उपचार भइरहेको र मृतक युवकको शव पोष्टम्यार्टमका लागि दुल्लु अस्पताल पु¥याइएको छ ।

error: Content is protected !!