Loading... आजः शनिबार, कार्तिक ६, २०७८
Trending

कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना संङक्रमण पुष्टि

दैलेख :  कर्णाली प्रदेशमा थप ५१ जनामा कोरोना संङक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल सुर्खेत/ पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेत, जिल्ला अस्पताल दैलेख, चौरजहारी पीसीआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा ५१ जना कोरोना संक्रमित थपिएका हुन्।

प्रदेश अस्पताल सुर्खेत पछुपन्छी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सल्यानका ३३ जना, सुर्खेतका १३ जना, दैलेख, जाजरकोट उदयपुरका एक(एकजनामा कोरोना देखिएको हो।

त्यसैगरी जिल्ला अस्पताल दैलेखमा गरिएको परीक्षणमा दैलेखका एकजना र चौरजहारी पिसिआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा एकजनामा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृष बहादुर शाहीले बताए।

योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या हालसम्म दुई हजार नौ सय १४ पुगेको छ। बुधबार कर्णालीका विभिन्न आइसोलेसन सेन्टर र अस्पतालबाट ३६ जनामा कोरोना संक्रमण निको भएर डिस्चार्ज भएको महाशाखाका प्रमुख शाहीले बताए।

error: Content is protected !!