Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा नियुक्त

काठमाडौँ  : निर्वतमान अर्थ र सुचना संञ्चार तथा प्रबिधि मन्त्रालयको जिम्मेवारी बाट एक मुक्त भएका डा . युवराज खतिवडा प्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएका छन । करिब अढाई वर्षसम्म देशको अर्थमन्त्रालय सम्हालेका खतिवडालाई सरकारले प्रधानमन्त्री ओलीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको सरकारका प्रवक्ता एवम् परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडालाई मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ज्ञवालीले भने उहाँले मन्त्रिस्तरकै सुविधा पाउनुहुनेछ । खतिवडा अर्थबाट बाहिरिएपछि नयाँ अर्थमन्त्रीको चर्चा भइरहेका बेलामा उनी प्रधानमन्त्रीका विशेष सल्लाहकार भएका छन्। प्रधानमन्त्री ओलीले अर्थमन्त्रालय आफैंले राख्‍ने चर्चा भइरहेका बेला खतिवडाले ुछाया अर्थमन्त्रीको भूमिका पाएका हुन्।