Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना सङक्रमण पुष्टि

दैलेख  :  शनिवार कर्णाली प्रदेशमा थप २१ जनामा कोरोना पुष्टी भएको छ । प्रदेश अस्पताल÷पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १९ र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दुई गरी २१ जनामा कोरोना पुष्टी भएको हो । योसँगै कर्णालीमा कोरोना पुष्टी हुनेको संख्या दुई हजार सातसय ७६ पुगेको छ ।

जिल्ला जन स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार संक्रमित हुनेमा तीन जना थुनुवा, ८ जना सुरक्षाकर्मी र तीन जना बैंकका कर्मचारीहरु रहेका छन ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा सुर्खेतका ६, दैलेख पाँच, बर्दियाका तीन, कालिकोट, सल्यान, हुम्ला, अछाम, डडेल्धुरा, दार्चुला र कञ्चनपुरका एकरएक जना रहेको सामाजिक विकास मन्त्राललयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण जितेर १६ जना डिस्चार्ज भएका छन् ।

error: Content is protected !!