Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

विकास समितिले माग्यो सरकारसँग कामको विवरण


सुर्खेत :  कर्णाली प्रदेशसभाको संसदीय समिति सामाजिक विकास समितिले कोरोना भाइरसले पारेको प्रभाव र यसको नियन्त्रणका लागि सामाजिक विकास मन्त्रालयबाट हालसम्म भएका कामको विवरण माग गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको समितिको ७६औं बैठकले यस्तो निर्णय गरेको हो ।

समितिका अध्यक्ष देवी ओलीले बैठकले चालु आर्थिक वर्षको वार्षिक कार्ययोजना तयार गर्ने, समितिको आन्तरिक कार्यविधि संशोधन गर्ने र अनुगमन तथा मूल्याङ्कनलाई प्रभावकारी बनाउन खाका तयार गर्ने समेत निर्णय गरेको जनाइन् ।

समितिको कार्यक्षेत्र अन्तर्गतका सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गत आ.व.को वार्षिक प्रगति विवरण र चालु आ.व.को अख्तियारी सम्बन्धित विवरण माग गर्ने र तत्काल प्रदेशसभामा पेश गर्ने निर्णय भएको छ । विधेयकको मस्यौदाको विषयमा भए गरेका काम कारबाहीका सम्बन्धमा सम्बन्धित मन्त्रालयबाट विवरण माग गर्ने निर्णयसमेत गरेको समितिका सचिव राजेन्द्र पौडेलले जानकारी दिए ।

error: Content is protected !!