Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

विद्यालय नखुल्दा ६ सय शिक्षकले पाएन्न तलव ‌

सल्यान  : सल्यानका विद्यालयहरूले कोरोना महामारीलाई कारण देखाउँदै ६ सयभन्दा बढी शिक्षकलाई तलब नदिएको पाइएको छ । कोरोना महामारीका कारण लामो समयसम्म विद्यालय बन्द हुँदा शिक्षकहरुले तलब नपाएका हुन्‌। सल्यानमा प्याब्सन र एन प्याब्सन मातहतमा झन्डै ४० बोर्डिङ स्कुल सञ्चालनमा छन्‌।

बन्दाबन्दीका कारण विद्यालयहरु बन्द भएपछि आफुहरु आर्थिक संकटमा परेको ब्राइट रोजल्याण्ड बोर्डिङ स्कुल, बागचौरका प्रिन्सिपल इन्द्र बहादुर भण्डारीले बताए। उनले भने, ुविद्यालयका १७ जना शिक्षकले चैत देखि तलब पाएका छैनन्, बोडिङ स्कुलका प्रिन्सिपल इन्द्र बहादुर भण्डारीका अनुसार चैतको पहिलो सातादेखि वार्षिक परीक्षा सुरु गरी वर्षको अन्तिमसम्म सबै आर्थिक कारोबार समेत सकेर तलब खुवाउने गरेको विद्यालयले चैत ११ गतेदेखि लकडाउन सुरु भएपछि सबै काम ठप्प पारेका छन्‌।

पाँच महिनादेखि तलब दिन सकिएको छैन।’ निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सल्यानका अध्यक्ष जीत बहादुर भण्डारीका अनुसार जिल्लाका प्याब्सन मातहतका २० विद्यालयका करिब ३ सय शिक्षक लकडाउनका कारण प्रत्यक्ष प्रभावित छन्। सल्यानजस्तो क्षेत्रमा अनलाइन कक्षा पनि सम्भव नभएकाले धेरैको रोजीरोटी समस्यामा परेको उनले बताए।