Loading... आजः मङ्लबार, कार्तिक २, २०७८
Trending

 गोरु घाईते बनाएको आंशकामा दुई जना फक्राउ


दैलेख :  बारीमा बाँधेका गोरुका खुट्टा र नाक मुख काटेर घाइते बनाएको आंशकामा दुई जनालाई पक्राउ गरिएको छ । भैरवी गाउँपालिका– २ माँझबाडाका कलम थापाको बारीमा बाँधेका गोरुको खुट्टा र मुख काटेको आंशकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको प्रहरी चौकी भैरवीले जानकारी दिएको छ ।
प्रहरी चौकी भैरवीका प्रहरी हवल्दार गोपीलाल खड्काले गोरुलाई खुकरी तथा खुडाले हानेका बताउनुभयो । उहाँले बिहीबार सामान्य भनाभन भएको र रिसको झोकमा आएर गोरुको खुट्टा र मुख काटेको हुन सक्ने आशंकामा २ जनालाई पक्राउ गरिएको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दैलेखका निमित्त प्रमुख प्रहरी निरक्षक नैन बहादुर सावदले गोरु काट्न खोज्ने दुई जनालाई पक्राउ गरिएको र त्यहा बाट इलाका प्रहरी चौकी दुल्लस्मा बुझाउने तयारी गरेको बताए ।
गोरु धनी थापाकले विहान घाँस हाल्न जाँदा रक्ताम्मे अवस्थामा गोरुको गएराती नै खुट्टा र मुख काटिएको देखेपछि प्रहरीलाई खवर गरेको बताए । प्रहरी निरक्षक सावदले मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २७ को पशुपक्षी सम्बन्धी कसूरको दफा २८९ मा गाई, गोरु मार्न वा कुट्न नहुने यदि त्यस्तो कसूर गर्ने व्यक्तिलाई तीन वर्ष सम्म कैद हुने व्यवस्था रहेको जानकारी दिए

error: Content is protected !!