Loading... आजः बिहिबार, बैशाख ६, २०८१
Trending

सिल गरिएको आन्तरिक मन्त्रालय र बाणिज्य बैंक खुल्ने

सुर्खेत :  कर्मचारी र सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सील गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सोमबारदेखि सेवा प्रवाह गर्ने भएको छ । अत्यावश्यक बाहेक अन्य सेवा बन्द गरेको मन्त्रालयले सोमबारदेखि सेवा प्रवाह गर्न लागेको हो ।
मन्त्रालयका मन्त्री नरेश भण्डारीसहित ३० जनाको स्वाबको रिपोर्ट नेगेटिभ आएपछि सोमबारबाट सेवा सुरु गर्न लागिएको मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए । उनकाअनुसार मन्त्रालयका अन्य कर्मचारीहरुको पनि स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
बैकका कर्मचारीमा कोरोना संङक्रमण पुष्टि भएको राष्ट्रिय बाणिज्य बैक सुर्खेत शाखा पनि आइतवार बाट खोल्ने तयारी गरिएको बैकले जानकारी दिएको छ ।