Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

भीडभाड गराएको भन्दै दुई जना लेखापढि पक्राउ

सुर्खेत : बीरेन्द्रनगरपालिकामा दैनिक कोरोना संङक्रमण पुष्टि हुने संख्या दैनिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयले भीडभाड हुने कार्यालयमा टोकन प्रणाली लागु गर्ने र भीडभाड कम गर्ने नीति लिएपनि मालपोत कार्यालय सुर्खेतमा रहेका लेखापढि गर्ने दुई जनाले सरकारी निर्णय अवज्ञा गरेको भन्दै प्रहरीले पक्राउ गरेको छ ।

कोरोना भाइरसबाट बच्न आवश्यक स्वास्थ्य तथा सुरक्षाका मापदण्ड नअपनाएर मालपोत कार्यालय परिसरमा बसेर सेवाग्राहीको भीड गरेपनि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी राजेन्द्रप्रसाद भट्टले पुष्टी गरेका छन ।