Loading... आजः बिहिबार, बैशाख २३, २०७८
Trending

आफ्नै लगानीमा आइसोलेसन अस्पताल निर्माण गर्दै नौमुले


दैलेख  :  नौमुले गाउँपालिकाले आफ्नै लगानीमा आइसोलेसन अस्पताल निर्माण गर्न लागेको छ । गाउँपालिकाको वडा नः १ तोलीमा आइसोलेसन अस्पताल निर्माण सुरु गरेको हो । आइसोलेसन अस्पताल निर्माण कार्यको सुरुवात  गाउँपालिकाका अध्यक्ष भदेबुढा मगरले उद्दघाटन गरेका छन । आइसोलेसन अस्पतालको निर्माण कार्यको सुरुवात गर्दै  अध्यक्ष बुढाले कोरोना माहामारीका कारण समस्यामा परेको गाउँपालिकाबासीहरुलाई सहज रुपमा बस्न र उपचार सेवा दिनका लागी आइसोलेसन अस्पताल निर्माण कार्य सुरु गरेको बताए । उनले अहिले सम्म गाउँपालिकाका १ सय ४७ जना भन्दा बढिमा कोरोना संङक्रमण पुष्टि भएर उपचार पछि घर फर्केपनि यसको प्रभाव दिर्घकालीन रुपमा रहने भएका कारण अस्पताल निर्माण कार्य सुरु गरेको बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद कोइरालाले संघिय सरकार शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयमा रहेका आइसोलेसन र क्वारेन्टाइन खाली गर्ने परिपत्र गरेपछि आइसोलेसन अस्पताल निर्माण गर्न लागेको बताउनुभयो । उहाँले विद्यालय बाहेक अन्यत्र स्थान नहुने र भएका विद्यालय खाली गर्नु पर्ने समस्या आएपछि गाउँपालिकाले आफ्नै लगानीमा अस्पताल निर्माण कार्य अगाडी बढाएको बताए ।
उनले तोलीमा निर्माण गर्न लागेको अस्पतालका लागि पहिलो चरण जग्गा सम्माएर त्यसको प्राबिधिक स्टमेट तयार पर्ने र कम लगातमा कसरी निर्माण गर्ने सकिन्छ भन्ने विषयमा गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष र अन्य वडाअध्यक्षहरु संग समन्वय गरि रहेको बताए ।

error: Content is protected !!