Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

विद्यार्थी खोज्दै शिक्षक घरमा,अभिभावक खुसी

दैलेख :  कोरोना भाइरस(कोभिड–१९) का कारण विद्यालय सञ्चालनमा कठिनाइ आएपछि शिक्षाको पाठ्यक्रम घटाएर पनि शैक्षिक सत्र खेर जान नदिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको पाठ्यक्रम विकास केन्द्रले तयारी गरिरहेको बेला जिल्लाका केही स्थानीय तहले शैक्षिक सत्र खेर जान नदिन टोलमै पुगेर शिक्षण सिकाई अभियान सुरु गरेका छन् । यहाँका गुराँस गाउँपालिका र नारायण नगरपालिका दैलेखले टोलमै पुगेर शिक्षण सिकाई अभियान सुरु गरेका हुन । गाउँपालिका तथा नगरपालिकामा रहेका विभिन्न विद्यालयका शिक्षकहरूलाई सम्बन्धित विद्यालयमा हाजिर गराएर शिक्षक लाई टोलमै पुगेर शिक्षण सिकाई सुरु गर्न गाउँपालिका तथा नगरपालिकाले निर्देशन गरे सँगै टोलमै पुगेर बालबालिकालाई अध्यापन गराएर गृहकार्य दिने अभियान नै चलाएका छन् ।

नारायण नगरपालिका भित्रका सबै विद्यालयका शिक्षक अहिले टोलमै पुगेर शिक्षण सिकाई सुरु गरेको नारायण नगरपालिका दैलेखले जानकारी दिएको छ । नारायण नगरपालिका शिक्षा युवा खेलकुद शाखा प्रमुख हिमालय जङ्ग शाहले नगरपालिकाको शिक्षा समितिको बैठकले प्रत्येक टोलमा पुगेर बालबालिकालाई अध्यापन गराउन अभियान सञ्चालन गर्ने निर्णय भए सँगै टोलमा शिक्षकहरू परिचालन गरिएको बताए । उनले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र खेर जान नदिन पाठ्यक्रम नै घटाउने तयारी गरे पनि नारायण नगरपालिकाले भने सबै पाठ्यक्रमलाई सक्काउने गरी अभियान सञ्चालन गरेको बताए । उनले कोरोना महामारीले शैक्षिक सत्र सुरु भएको छ महिना बढी हुँदा समेत तत्काल विद्यालय सञ्चालन गर्न नसक्ने शिक्षा मन्त्रालयले बताएपछि सम्बन्धी वडाका जनप्रतिनिधिको सहयोगमा टोलमै पुगेर शिक्षण सिकाई अभियान सञ्चालन गरेर नयाँ अभ्यास सुरु गरेको बताए ।


कोरोना महामारीका कारण विद्यालय जान नपाएका विद्यार्थी र आफ्ना छोरा छोरीको भविष्य नै बिग्रेको प्रति चिन्तित बनेका अभिभावक भने वडाका जनप्रतिनिधि र शिक्षक विद्यार्थी खोज्दै घरमा पुगेर सामाजिक दुरी सहित बालबालिकाको पढाई टोलमै पुगेर सञ्चालन गरेपछि विद्यार्थी र अभिभावक खुसी भएका छन् । जनतामा माध्यमिक विद्यालय कोट थाप्लामा कक्षा ७ मा अध्ययनरत विद्यार्थी रमेश थापाले शिक्षकहरू आएर टोलमै अध्ययन गराएपछि आफूहरू खुसी भएको बताए । उनले शैक्षिक सत्रमै किताब उपलब्ध भए पनि शिक्षक सँग प्रत्यक्ष भेट नभएका उहाँलाई शिक्षकले नै टोलमै पुगेर आफूलाई पढाएपछि आफूहरूलाई समेत पढ्न सहज भएको बताए । नारायण नगरपालिका वडा न ः ६ का अभिभावक रामचन्द्र न्यौपानेले शिक्षकहरू विद्यार्थी खोज्दै टोलमै पुगेपछि अव बालबालिकाको पढाई सुरु हुनेमा विश्वस्त रहेको बताए ।