Loading... आजः आइतवार, माघ २७, २०८१
Trending

कोरोना महामारीको आय व्यय सार्वजनिक


दैलेख :  जिल्लाको भगवतिमाई गाउँपालिकाले कोरोना महामारीमा भएको खर्चको आय व्यय विवरण सार्वजनिक गरेको छ । गाउँपालिकाले कोरोनाको माहामारीका कारण समस्यामा परेका नागरिकको उद्धार,राहत क्वारेनटाइन ,आइसोलेसन बेड,औषधी खरिद र उनीहरूको खाना र बस्नको व्यवस्थापनमा गाउँपालिकाले र विभिन्न निकाय बाट प्राप्त भएको खर्चको विवरण सार्वजनिक गरेको हो ।

गाउँपालिकाले सार्वजनिक गरेको खर्चको विवरणमा आम्दानीको श्रोतमा प्रकोप व्यवस्थापन कोषमा गत वर्षको मौज्जाद नौ लाख ३२ हजार २०० गाउँपालिका बाट कोषमा जम्मा ५४ लाख आठ हजार चालु शीर्षक बाट खर्च भएको ५५ हजार ४२०,नेपाल सरकार बाट प्राप्त सात लाख ८४ हजार ७७५,कर्णाली प्रदेश सरकार बाट प्राप्त रकम १५ लाख,साहस नेपाल ५१ हजार ४२० सशर्त कार्यक्रम युनिसेफ २२ हजार,समुदायमा आधारित सिविओ महासङ्घ ९१ हजार ९१० र प्रभु बैक भगवतिमाइ शाखा बाट ५० हजार गरी ८८ लाख ९५ हजार पाँच रुपियाँ मध्ये ८८ लाख ७५ हजार २८४ रुपियाँ खर्च भएको गाउँपालिकाले जानकारी दिएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बखत बहादुर खड्काले क्वारेनटाइन भौतिक निर्माण खर्च त्यस मध्ये ओढ्ने ओछ्याउने, कपडा, स्लिपिङ  ब्याग,तौलिया खरिदमा २१ लाख ३४ हजार ४३१, क्वारेनटाइन खाना,खाजा,पानी व्यवस्थापन खर्च,१५ लाख १८ हजार ४०७, सुरक्षात्मक  स्वास्थ्य  सामाग्री र औषधी खरिदमा २२ लाख २७ हजार ९४१ यातायातमा छ लाख ५८ हजार ९१० र विविध खर्च १८ लाख ३४ हजार ५९५ जम्मा ८७ लाख ५९ हजार २८४ र अन्य विपद् राहत खर्च एक लाख १६ हजार गरी ८८ लाख ७५ हजार २८४ रुपियाँ खर्च भएको बताउनुभयो । उहाँले गाउँपालिकामा ३०१ जनाको स्वाब परीक्षण गर्दा १३ जनामा कोरोना संङक्रमण पुष्टि भएको र उनीहरूको दुई पटक पिसीआर परीक्षण गरिएको बताए ।
गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले भारत लगायत अन्य तेस्रो मुलुक बाट गाउँपालिकामा कम नागरिक आए पनि उनीहरूको व्यवस्थापन गर्न खर्च धेरै भएको बताए । उनले खर्च नियन्त्रण गर्ने प्रयास गर्दा समेत ठुलो मात्रामा रकम खर्च भएको बताए ।