Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

आइसोलेसन व्‍यवस्थापानका सङक्रमित लेखा अधिकृतले दिए ५० हजार

मुगु  : छायानाथ रारा नगरपालिकाभित्रका पहिलो कोराना संक्रमित एकजना लेखा अधिकृतले आइसोलेसन व्‍यवस्थापानका लागि ५० हजार सहयोग गरेका छन्। गएको ८ गते कोरोना पोजेटिभ देखिएका जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुमा कार्यरत लेखा अधिकृत सुरेशकुमार केसीले आइसोलेसन व्यवस्थापनका लागि ५० हजार सहयोग गरेका हुन्।
लेखा अधिकृतले आफनो दोस्रो परीक्षणमा नेगेटिभ रिपोर्ट आएमा आइसोलेसन व्यवस्थापनका लागि ५० हजार आर्थिक सहयोग गर्ने घोषणा गरेअनुसार १३ गतेको दोस्रो रिपोर्टमा नेगटिभ रिर्पोट आएको थियो। कोरोना संक्रमण देखिएको ५ दिनमै कोरोनालाई जितेका केसीले बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलालाई आफूले घोषणा गरेबमोजिमको रकम जिल्लामा क्रियाशील पत्रकारहरुको उपस्थितिमा हस्तान्तरण गरेका थिए। आइसोलेसनमा रहँदा स्वास्थ्यका तल्लो तहका कर्मचारीहरु उपचार तथा अन्य कार्यमा खटिने भए पनि जोखिम भत्ता चिकित्सकले मात्र पाउने गरेकोले यो कार्यका खटिने सबैलाई जोखिम भत्ता दिनुपर्ने पनि लेखा अधिकृत केसीले बताए।