Loading... आजः शनिबार, माघ ५, २०८१
Trending

ट्याक्टर दुर्घटना चार घाइते


डोल्पा :  डोल्पामा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ मा पर्ने नेटा ज्युलामा भे १ त ९७८१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका हुन ।
घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ हरि कठायत, सोही ठेगानाका, लोकमान श्रेष्ठ, शक्तिमान कठायत, र कृष्ण सार्की रहेको जिल्ला प्रहरी कार्यालय डोल्पा जनाएको छ। घाइते सबैको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल पुर्‍याईएको प्रहरीले जनाएको छ। चालक हस्त बहादुर परियार सामान्य घाइते भएको र उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिप्रका डोल्पाका प्रहरी नायव उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।