Loading... आजः सोमवार, मंसिर १७, २०८१
Trending

झनक प्रसाद धमाला
चीनको उहान प्रान्तमा सन् २०१९ को डिसेम्बरतिर पहिलोपटक पत्ता लागेको कोरोना भाइरसले हाल विश्वलाई नै आक्रान्त पारेको छ। नेपालजस्ता अल्पविकसित राष्ट्र मात्र होइन, अमेरिकालगायत विश्वका शक्ति राष्ट्रको आन्तरिक तागतसमेत जारी महामारीले निस्तेज पारिसकेको छ। उनीहरू बाहिर देखिएभन्दा निकै कमजोर रहेको कटुसत्य बाहिरिएको छ। नेपालजस्ता मुलुकको अवस्था झनै खराब भएको छ। यसबेला घमन्ड देखाउन त के, बोल्नसमेत नसक्ने अवस्था छ।

नेपालका नेता तथा सरकारमा यसको खास प्रभाव पर्‍यो कि परेन भनेर सबैले सहज अनुमान गर्नसमेत सकिरहेका छैनन्। यस्तो वेलामा घर– घरमा आएका राजनेतालाई फूलमालाले सम्मान गर्नुपर्ने र राजनीतिक दलमा प्रवेश गर्नुपरेको हतारो देख्दा नागरिकको चेतना कुन स्कुलले भरिदिने होला भन्ने लाग्दछ। सामाजिक चेतना त समाजले फैलाउने हो। यसर्थ नेपाली राजनेताको काम गर्ने सिजन अनि चेतनाको अवस्था हेर्दा नेपाली राजनीतिक विचारधाराको प्रवाह सहजै अनुमान लगाउन सकिन्छ।

सुरुमा कोरोना भाइरसको नाम र चीनमा पारेको संकटलाई नेपालका चौतारीयाुहरुले पुस माघको चिसो मौसमको तातो चिया र न्यानो घामसँग रमाइलो पारामा उडाए।मानौँ स् त्यो विपत्ति नेपालका लागि थिएन। हामी अधिकांश नेपालीको मनमा अन्य विपत्तिसरह निश्चित स्थानमा समस्या आउँछ अनि हराउँछ जस्तो लागेको थियो। दुस्खको कुरा, चैत ९ गते भक्तपुरकी एकजना महिलामा नेपालमा प्रथम पटक कारोना संक्रमण पुष्टि भयो। अनि सुरु भयो नेपालमा कोरोना आतंक।

महामारी नियन्त्रण गर्न भन्दै नेपालमा पहिलोपटक चैत ११ गतेदेखि सरकारले लकडाउन घोषणा गर्‍यो। शहरमा बसिरहेका मानिसहरू विस्तारै गाउँघर फर्किन थाले। आफन्तजनसँग ह्याप्पी कोरोनाु तथा ुह्याप्पी लकडाउनु भन्दै रमाइलो गरे। गाउँघर पुग्न पाइएको खुसियालीमा गरिएको त्यो मजाक थियो। किनभने नेपाली नागरिकले ठानेका थिए कि अब यो सुन्दर गाउँघरमा त्यो कोरोना आउँदैन। सबैको सोचमा ुहामी सुरक्षित भयौँु भन्ने थियो। शहरहरु पनि खुल्ला र शान्त बन्दै गए। तर, वास्तविकता त्यसो मात्र थिएन।

थुप्रै नेपाली पराया भूमिमै थिए। उनीहरु जसरी भएपनि मातृभूमि नेपाल अनि आफ्नो घर आउन हरतरहले आतुर थिए। पहिलो पटक चीनबाट नेपाली विद्यार्थी नेपालमा ल्याउँदाको जस्तो सजिलो अवस्था थिएन। भारतबाट अनेक निषेधित बाटो हुँदै नेपाल आउने क्रम बढ्यो। सरकारले न त रोक्न सक्यो, न त यसको विकल्प नै खोज्यो। नतिजामा नेपालमा पनि कोरोनाग्रस्त भयो।

त्यहीबेला सरकारले लकडाउन खोल्यो। सबै शिक्षक तथा कर्मचारीहरुलाई कार्यालय आउन भनियो। सामान्य रुपमा सबै सेवाहरु सुचारु भए। सबै मानिस आफ्नो काममा फर्किन थाले। फेरि शहरमा पहिलेकै अवस्थामा भीडभाड बढ्यो। मानौँ त्यो लकडाउन नेपाल बन्द थियो। अब मानिसहरु नेपाल बन्द सकिए झैँ खुल्लमखुल्ला हिँड्डुल गर्न थाले। सरकारले के कदम चाल्दैछ भन्नेबारे नेपालीलाई पत्तो नै भएन। आलोचकहरु सरकारलाई ुआर्थिक संकट परेर कर उठाउनका लागि लकडाउन खुल्ला गरेको हो, फेरि लकडाउन गर्छु भन्दै थिए।

विश्वमा कोरोना कहर त छँदैछ, तर क्षेत्रफलका हिसाबले नेपालजस्तो सानो मुलुकको सुरक्षाका लागि विशेष अध्ययन गरेर काम थालेको भए नियन्त्रण निश्चित थियो। तर, यसमा नेपाली राजनीतिक र प्रशासनिक वृत्त पूरै गैर जिम्मेवार देखियो। अन्य राष्ट्रहरुमा यस्तो विषम परिस्थिति आउँदा कुनै राजनीतिक एजेण्डाभन्दा पनि विपत्ति तथा महामारीको समस्या केन्द्रमा रहन्छ। तर, नेपालमा रकम आर्जन, पद र शक्तिका लागि थुप्रै घिनलाग्दा व्यवहार देखाउन पनि नेताहरु पछि परेनन्‌। विपतलाई पनि कमाइ खाने अवसरका रुपमा लिने गरेको पाइयो।

उनीहरुको यस्ता घृणित कामलाई समयले धिक्कार्छ। अहिले एकातर्फ सरकारले विभिन्न स्थानमा कर्फ्यु जारी गरेका कारण जनताको दैनिकीमा समस्या उत्पन्न भइरहेको छ भने अर्कोतर्फ चिउँडोमा मास्क र कपालमा चस्मा लगाएर गाउँघरमा राजनीतिको कायापलट गर्ने नाममा सरगर्मी चलाएका छन्। यस्तो बेलामा घर–घरमा आएका राजनेतालाई फूलमालाले सम्मान गर्नुपर्ने र राजनीतिक दलमा प्रवेश गर्नुपरेको हतारो देख्दा नागरिकको चेतना कुन स्कुलले भरिदिने होला भन्ने लाग्दछ। सामाजिक चेतना त समाजले फैलाउने हो।

यसर्थ, नेताको काम गर्ने सिजन अनि चेतनाको अवस्था हेर्दा नेपाली राजनीतिक विचारधाराको प्रवाहको गुणस्तर सहजै अनुमान लगाउन सकिन्छ। नेपालीले विश्वास गरेका राजनीतिक दलका नेतारकार्यकर्ताको बुझाइको स्तर र कार्यशैली हेर्दा कोरोना संक्रमणमा सरकारले कुनै विशेष अध्ययन र कार्ययोजना ल्याएको छैन। न सरकारले प्रतिपक्षलाई सहयोगको लागि आह्वान गर्‍यो, न त प्रतिपक्षले सरकारलाई सहयोग गर्‍यो।

नेपालमा पनि ठूला विश्वविद्यालयहरु छन्। त्यहाँ विज्ञ(प्राध्यापकहरू पनि छन्। अन्य क्षेत्रमा पनि यस्तो जनशक्ति छ। उनीहरूसँग परामर्श गरेको खण्डमा महामारी नियन्त्रणका लागि केही प्रभावकारी उपाय निस्कन सक्थ्यो होला। वास्तविक विज्ञलाई संकट निकासको जिम्मा दिने हो भने तार्किक र वौद्धिक ढंगले क्रमशस् समाधान हुन सक्थ्यो होला।

सरकारले विज्ञ र बौद्धिक वर्गहरुको सुझाव नचाहँदा कोभिड(१९ मात्र नभई जुनसुकै विपत्तिका बेला पनि नेपाली नागरिकहरुले धेरै पीडा सहनु परिरहेको छ। अर्कातर्फ, सरकारले जारी गरेका नियमहरु पालना नगर्नुले पनि कोरोनाको संक्रमण कम हुन सकिरहेको छैन।

हामी भीडभाडमै रमाइरहेका छौँ। नेताको शक्तिका आडमा एक ठाउँबाट अर्को ठाँउमा पुग्दा कुनै ठूलो युद्ध जितेको आभास गरेका छौँ। धार्मिक तथा सांस्कृतिक रुपमा इमान्दार भनिएका मानिसको बुझाइ हेर्ने हो भने पाटनको मछिन्द्रनाथको रथयात्रा र मुठभेटले सबै छर्लंग पारेको छ। राजनीतिक र सामाजिक सांस्कृतिक संस्कारको परिणामस्वरुप यो सबै भइरहेको छ। नेपालमा जति शिक्षित वर्गको भीड थपिए पनि आजको समयलाई प्रभावकारी नेतृत्व दिन र परिवर्तनको संवाहक बन्न सकेको देखिँदैन।

यो सबै समाजको सिकाइ हो। वास्तवमा सकेसम्म घरभित्र बसेर सरकारका नियम र आदेशको पालना गर्नुपर्छ। मास्कको प्रयोग प्रभावकारी ढंगले गर्ने, समय समयमा साबुन पानीले राम्ररी हात धुने, सेनिटाइजरको प्रयोग प्रभावकारी बनाउने, सामाजिक दूरी पर्याप्त मात्रामा कायम राख्ने लगायतका काम नागरिकले गर्नसक्ने खालका नै छन्।

जतिसक्दो सबै मिलेर मुलुकलाई महामारीबाट मुक्ति पाउनुको विकल्प पनि छैन। नागरिकलाई सचेत बनाउनुपर्ने वर्ग आफैँ लाचार र बेवास्ता गरेको देख्दा सरकारलाई मात्रै दोषारोपण गर्नु त्यति न्यायपूर्ण हुँदैन। यसर्थ, सबैले सर्वमान्य नियमको पालना गरी सञ्चारमाध्यमको उपयोग गर्दै जनचेतना जगाउने र सावधानी अपनाउनु नै अन्तिम अस्त्र हो। बन्दाबन्दी र कर्फ्यु विकल्प होइन। सचेतना, सहकार्य र सावधानी नै अन्तिम समाधान हो। ९लेखक भुवनेश्वरी माध्यमिक विद्यालय सूर्यविनायकका कार्यरत शिक्षक हुन्। साभार थाहाखवर