कर्णाली प्रदेशमा २८ जना नयाँ कोरोना संङक्रमित थपीए
दैलेख : कर्णाली प्रदेशमा सुर्खेतका १७ जना सहित कर्णाली प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश अस्पताल÷पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका १७, रुकुममा ६ र दैलेख अस्पतालमा रहेको प्रयोगशालामा थप दुई जना गरी २८ जनामा कोरोना पुष्टी भएको हो
पछिल्लो २४ घण्टामा पुष्टी हुनेमा वीरेन्द्रनगरका १७, रुकुमपश्चिमका चार, सल्यान र दैलेखका दुई÷दुई तथा जाजरकोट, मुगु र चितवका एकरएक जना रहेको समाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलले जानकारी दिए । २४ घण्टामा आइसोलेसनमा रहेका १४ जनाले कोरोना जितेर घर फर्किएको कंडेलको भनाई छ । उनका अनुसार यो सँगै डिस्चार्ज हुनेको संख्या दुईहजार ३५४ पुगेको छ । हालसम्म कोरोनाबाट दैलेखका तीन, सुर्खेत दुई र डोल्पाका एकगरी ६ जनाको मृत्यु भएको छ भने थप नयाँ संक्रमितसहित आइसोलेसनमा रहेका संक्रिय विरामीको संख्या ३५९ जना छन् ।