Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

मनलाग्दी भाडा असुल्नेलाई कार्वाही


सुर्खेत :  यात्रुहरूबाट मनलाग्दी भाडा अशुल्ने दुइ चालकलाइ सुर्खेत प्रहरीले पक्राउ गरेको छ । यात्रुबाट महंगो भाडा लिएको जानकारी पाएपछि प्रहरीले दुईवटा गाडी र त्यसका चालकलाई पक्राउ गरिएको हो ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगबाट दैलेख पुर्याइदिने भन्दै यात्रुबाट एक हजारसम्म भाडा असुलेको पाइएपछि भे १ झ ८६८ नम्बरको फोर्स र भे १ च २१३८ नम्बरको स्कार्पियो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट पास लिने र अरु यात्रुहरूसँग महङ्गो भाडा लिएर बोक्ने गरेको अनुन्धानका क्रममा खुलेको डिएसपी घर्तीले जानकारी दिए । पहिलो पटक गल्ती भएकाले फेरि यस्तो कार्य नगर्न सर्तमा चालकलाई छोडेको घर्तीको भनाइ छ ।