Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

कर्णालीमा ५१ जनामा कोरोना संङक्रमण


दैलेख :  कर्णाली प्रदेशमा आइतवार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ बिज्ञान प्रतिस्ठान जुम्लामा गरिएको परिक्षणमा थप ५१जनामा कोरोना पुष्टि भएको हो।

सुर्खेतमा गरिएको परिक्षणमा ४७ जनामा कोरोना पुष्टि भएकोमा सुर्खेतका मात्रै ४२ जना रहेका छन । पुष्टि हुनेमा चिन्गाड गाउँपालिकाका २ जना,चौकुने गाउँपालिकाका ६ जना,भेरीगङ्गा नगरपालिकाका २ जना र वीरेन्द्रनगर नगरपालिकाका ३२ जना रहेका छन। त्यस्तै,वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ४ मा ९ जना पुरुष र ७ जना महिला गरि १६ जनामा कोरोना भाइरस पुष्टि भएको हो।

सुर्खेतमै गरिएको परिक्षणमा जाजरकोटका २ जना र दैलेख,रुकुम पश्चिम तथा जुम्लाका ११ जनामा पनि कोरोना भाइरस पुष्टि भएको छ।
जुम्लामा गरिएको परिक्षणमा जुम्लाकै ४ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा ८ सय ५३ जनाको कोरोना परिक्षण गरिएकोमा ८ सय १ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो भने १ जना पुरानो केशको रिपोर्ट पुनः पोजेटिभ आएको छ। यो संगै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको जम्मा संख्या २ हजार ६ सय ४९ पुगेको छ।