Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

मृगौला पीडित दाजु बहिनीलाई दक्षिण कोरियाबाट सहयोग

दैलेख :  नेपालबाट दक्षिण कोरीयामा कार्यरत ेसहयोगी मनका धनी नेपालीहरुले मृर्गौला पिडित ढकाल दाजु बहिनिलाई आर्थिक सहयोग गरेका छन । बखत थापा, राकेश खनाल र महेश महताराको अगुवाइमा एक सय २८ जनाले नेपाली २ लाख ९० हजार पठाएका थिए । उक्त रकम आइतबार लायन्स क्लब दैलेखका कोषाध्य अभिषेक अनुरागले ढकाललाई हस्तान्तरण गरेका छन । रकम हस्तान्तरण गर्दै उनले आफ्नो मातृभुमीमा रहेका नागरिकहरुको घाउँमा मलम लगाउँन समाजले गरेको योगदानलाई बिर्सनै नसकिने बताए ।

हस्तान्तरण रकम बुझ्दै दत्तप्रसाद ढकालले सहयोगी मनहरुलाई धन्यवाद दिएका छन । उनले महंगो औषधी खानु पर्ने र घरमा आर्थिक अवस्था कम्जोर भएको बेला पठाएको रकमले एक बर्ष औषधी खान सकिने बताए । उनको घरमा उनीसंगै अहिले ७० बर्षिय बुबा, बहिनी, श्रीमती र २ छोराछोरी छन् ।