Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

भिडभाड हुने कार्यालयमा टोकन प्रणाली

सुर्खेत :  कोरोना माहामारीका बिचमा पनि नागरिकको प्रत्यक्ष सरोकार राख्ने र सेवाग्रहीको अत्याधिक भीड हुने कार्यालयहरुमा टोकन प्राणली लागु गर्नुपर्ने मागसहित प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लाका मालपोत, राजश्य कार्यालय र बैंकहरुमा कोरोनाको त्रासमा अत्यधिक भीड हुन लागेको भन्दै प्रमुख जिल्ला अधिकारीलाई टोकन प्राणली लागु गरेर सेवा प्रवाहको व्यवस्था गर्नुपर्ने मागसहित नागरिक नागरिक समाज संस्थाहरुले ध्यानाकर्षपत्र बुझाइएका हुन

मंगलबार सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई भेटेर जिल्लास्तरमा सेवा प्रवाह गर्ने सन्दर्भमा भिडभाड हुने गरेकाले टोकन प्रणालीबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनु पर्ने भन्दै ध्यानाकर्षण पत्रमा बुझाएको समाजका खिम रेग्मीले जानकारी दिए ।

 

ध्यानाकर्षण पत्रमा सुर्खेतस्थित कार्यरत सबै नागरिक समाज संस्थाहरुले कोरोना भाइरस संक्रमण रोकथामका लागि गरेका खर्चको विवररण सर्वाजनिक गगर्नुपर्ने, कर्णाली प्रदेश सरकार र स्थानीय तहले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न भएको खर्चको विवरण सूचनाको हकसम्बन्धी ऐन २०६४ अनुसार माग गर्ने उल्लेख गरिएको छ ।

यस्तै, बालबालिकाको पठनपाठन हुन नसकेको कारण उनीहरुको अध्ययन, अध्यापन अन्योल ग्रस्त भएकाले शिक्षा समन्वय समिति सुर्खेत, शिक्षा विकास निर्देशनालय र सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशमा वैकल्पिक शिक्षाका लागि घर समुदायमा पनि सिकाइलाई प्रभावकारी बनाउनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

कोरोना भाइरस संक्रमणको महामारीमा बजार मूल्य अत्यधिक बढेको, हद म्याद नाघेका खाद्य वस्तु रहेको र मूल्य सूची नराखी बिक्री वितरण गरेको हुँदा त्यसका लागि उद्योग वाणिज्य संघ स्थानीय तह, जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरिएको रेग्मीको भनाई छ ।

सुर्खेत जिल्लामा विद्युत् प्राधिकरणले विद्युत् आपूर्तिमा अनियमितता, खानेपानी विद्युत् महसुल रिडिङमा लापर्बाही भएको आमउपभोक्ता उद्योगपतिले महसुस गरेको र लिने गरेको गुनासो सबैतिर बढेको हुँदा सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ ।साभार नेपालरैवार