Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बुधवार ९५ जनामा कोरोना सङक्रमण पुष्टि

.


दैलेख  :  कर्णाली प्रदेशमा कोरोेना संङक्रमणको ग्राफ उकालो चढ्को ट । बुधवार कर्णाली प्रदेशमा थप ९५जनामा कोरोना संक्रमण पुष्टि भयको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा थप ९५ जनामा कोरोना पुष्टि भएको हो।

सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका १७ जना,दैलेखका ५ जना,बाँकेका ४ जना,जुम्ला,जाजरकोट,कैलालीका २र२ जना र कालिकोट,बर्दिया, बझाङ,दाङ र दार्चुलाका १र१ जना गरि ३७ जनामा कोरोना पुष्टि भएको छ। त्यस्तै,जुम्लामा गरिएको परिक्षणमा जुम्लाका ३७ जना र कालिकोटका २१ जना गरि ५८ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा ५ सय ३१ जनाको कोरोना परिक्षण गरिएकोमा ४ सय ३४ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो भने ,२ जना पुरानो केशको रिपोर्ट पुनः पोजेटिभ आएको छ। यो सङ्गै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको जम्मा संख्या २ हजार ५ सय ५१ पुगेको छ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या ६ रहेको छ हाल सम्म कर्णाली प्रदेशमा कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या २ हजार १ सय २५ पुगेको छ।

कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको छ भने आइसोलेसनमा रहेका तथा रहने क्रममा रहेका कोभिड १९ का सक्रिय बिरामीको संख्या ४ सय २० रहेको छ।