Loading... आजः आइतवार, माघ ४, २०७७
Trending

नेपाल भर कोरोना संङक्रमितको संख्या ४० हजार ५२९ पुग्यो

.

काठमाडौँ  : नेपालमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिदै गएपछि संक्रमणको ग्राफ पनि उकालो लाग्दै गएको छ । समंगलवार नेपालका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एक हजार ६९ जना कोरोना सङ्क्रमित थपिएका छन् । थप ३४४ महिलासहित एक हजार ६९ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा पछिल्लो २४ घण्टामा थपिएकासँगै सङ्क्रमित हुने कुल ४० हजार पुगेको जनाइएको छ ।
नेपाल भर २४ घण्टामा १२ हजार ८८ जनाको आरटी परीक्षण गरिएको थियो । स्वास्थय मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितहरू १८ हजार ११२ रहेका छन् । पछिल्लो २४ घण्टामा ७६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । योसँगै कुल निको हुने दर ५५ प्रतिशत छ । कुल डिस्चार्ज भएकाहरू २२ हजार १७८ पुगेको छ ।

error: Content is protected !!