Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

कोरोना संक्रमण बाट चार वर्षिय बालिका सहित ११ जनाको मृत्यु

काठमाडौँ  : नेपालमा कोरोना भाइरसका कारणले मृत्यु हुने बढ्दो दिशामा रहेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । एक जना चार वर्षीया बालिका र १० जना पुरुषको कोरोना सङ्क्रमणका कारणले मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले बताए ।
उनले महोत्तरीमा चार वर्षीया बालिका र ३७ वर्षीय पुरूष, सिरहामा ६५, पर्सामा ५३, ८० र ६० वर्षीय, बारामा ६०, चितवनमा ५२, काठमाडौंमा ३४ र ६०, मकवानपुरमा ५८ वर्षीय पुरुषको कोरोनाको कारणले निधन भएको छ । यसरी मङ्गलबारसम्म भाइरसका कारणले मृत्यु हुनेको सङ्ख्या २३९ पुगेको छ । नेपालमा अहिले शून्य दशमलब ५९ प्रतिशतमा उक्लेको छ ।