Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

बालविवाह गराउन खोज्ने पाँच जना पक्राउ


सल्यान  :  बाल विवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरिएको छ । बागचौर नगरपालिका–८ मा १८ वर्षीया बेहुली ,बेहुलासहित पाँचजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
बेहुला बागचौर–८ गैरोगाउँका २५ वर्षीय दीपेन्द्र शर्मा, बेहुली बाँकेको बैजनाथ गाउँपालिका–१ गाभरकी १८ वर्षीया युवती, बेहुलाका बाबु, आमा र विवाह गराउने पण्डितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताए।
विधिवत बालविवाह हुँदै गरेको भन्ने सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा गरेको खतिवडाको बताए। पक्राउ परेका विरुद्ध जिल्ला अदालत सल्यानबाट सोमबार म्याद थप गरी इलाका प्रहरी कार्यालय थारमारेको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

error: Content is protected !!