Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

तीन साता देखि बन्द भएका दुई बैँक खुले

दैलेख :  बैकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालिन बन्द भएको वाणिज्य बैक र एनआइसी एसिया बैक तीन साता पछि खुलेका छन । गत साउन २५ गते बैकमा कार्यरत कर्मचारीको स्वाब परीक्षण गर्दा दुई जनामा कोरोना सङ्क्रमण देखिएपछि २६ गते दिउसो दुई बजे बाट अनिश्चित कालिन बन्द भएको बैक तीन सातापछि खुलेको वाणिज्य बैक दैलेख शाखाले जानकारी दिएको छ ।

राष्ट्रिय वाणिज्य बैकका शाखा प्रबन्धक चेतन बिसीले बैकमा कार्यरत एक जना भान्से र एक जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिए पछि जिल्ला प्रशासन र केन्द्र बाट बैक बन्द गर्ने निर्देशन भए अनुसार बैक बन्द अनिश्चित कालिन बन्द भएको र दुवै जना उपचार पछि घर फर्कने तयारी गरेपछि बैक खुलेको बताए । उनले २१ दिन पछि बैक खुले सँगै बैकमा सेवाग्राहीको भिड लागेको बताए ।

२१ दिन पछि बैक खुलेपछि लागेको सेवा ग्राहीको भिडलाई व्यवस्थित गर्न समस्या भएको बैकलाई हम्मे परेको बैकका सुरक्षा गार्डले बताएका छन् । सुरक्षा गार्ड नेत्र बुढाले बैकमा भिड लाग्ने गरेपछि बैकको तल्लो गेटमै ताला लगाउनु पर्ने अवस्था आएको बताए । उनले सेवाग्राहीलाई कोरोना कारण सामाजिक दुरी कायम गर्नु पर्छ भन्ने जानकारी हुँदा हुँदै पनि आफै भिडभाड गर्ने गरेपछि गेटमा ताला लगाएर पाँच जनाका दरले बैक भित्र पस्न दिएको बताए । जिल्लामा रहेको एनआइसी एसिया बैकमा कार्यरत कर्मचारीमा समेत कोरोना देखिए पछि बन्द भएको बैक करिब तीन साता पछि खुलेको छ ।

एनआईसी एसिया बैकका शाखा प्रबन्धक खगेन्द्र कटुवालले कोरोना कारण बैक बन्द गर्ने जिल्ला प्रशासनको निर्णय अनुसार बैक बन्द गरिएको र सहज परिस्थिति सिर्जना भएपछि १९ दिन पछि बैक खुलेको बताए ।