Loading... आजः मङ्लबार, साउन १९, २०७८
Trending

कर्णाली प्रदेशमा थपिए १४ संङक्रमित


दैलेख :  कर्णाली प्रदेशमा मंगलवार (आज) थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल÷पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत,कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा थप १४ जनामा कोरोना पुष्टि भएको हो।

सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका मात्रै ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।पुष्टि हुनेमा बिरेन्द्रनगर नगरपालिकाका १० जना र चौकुने गाउँपालिकाका १ जना रहेका छन। बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ७ का ३ जना,वडा नम्बर ४ का २ जना र वडा नम्बर २,६,८,१०,१२ का १र१ जना रहेका छन भने,चौकुने गाउँपालिकाका ७ का एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

जुम्लामा गरिएको परिक्षणमा जुम्लाकै २ जना र दैलेखमा गरिएको परिक्षणमा दैलेखकै १ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालय कर्णाली प्रदेश अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा ७ सय ८५ जनाको कोरोना परिक्षण गरिएकोमा ७ सय ६३ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो भने ,८ जना पुन रिपोर्ट पुन पोजेटिभ आएको छ। यो सङ्गै कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको जम्मा संख्या २ हजार ४ सय ५६ पुगेको छ।

error: Content is protected !!