Loading... आजः आइतवार, साउन १०, २०७८
Trending

नगरपालिकाको वडा नः १ सिल


दैलेख :  एक जना पत्रकार सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नारायण नगरपालिकाको वडा नः १ लाई १७ गते राति १२ सम्म सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले नारायण नगरपालिका वडा नः १ मा शुक्रवार एक जना पत्रकार सहित ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि वडा नै शिल गरिएको जानकारी दिएको छ ।

साहयक प्रमुख जिज्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले १० गते थपिएको जारी निषेधज्ञा १२ गते राती १२ बजे सकिएपनि वडा नः १ लाई पुर्ण रुपमा शिल गरेको बताए । उनले पूर्वमा जिल्ला प्रशासन कार्यालयको मुलगेट,पश्चिममा श्रीस्थान जाने सडक,उत्तरमा नारायण मन्दिर र दक्षिणमा मालपोत कार्यालय भित्रको क्षेत्रलाई स्थानीय प्रशासन एने २०२८ को दफा ६ को (३) तथा संक्रमण रोग ऐन २०२० को दफा २ बमोजीम शिल गरिएको बताए । शनिवार सम्म दैलेखमा कोरोना संक्रमण हुनेको संख्या एक हजार ६२ जना मध्ये नौ सय ४२ जनाले कोरोना जितेर घर फर्केका छन ।

error: Content is protected !!